पुष २७, काठमाण्डौ । अमेरिका र इरानबीच भएको द्वन्द्वका कारण विश्वकै अर्थतन्त्रमा असर पुग्न गएको छ । इरान र अमेरिकबीच केही समयपहिला भएको द्वन्द्वबाट विभिन्न शंकाउपशंका हुदै तेस्रो विश्वयुद्धको अनुमान गरिएको भएपनि सो अबस्था भने टरेको छ । युद्ध नभएपनि आर्थिक बृद्धिमा भने त्यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा पर्न गएको छ । कुनै पनि मुलुकमा हुने द्वन्दको असर नेपालमा बढी पर्ने गरेको छ ।
विश्वमा कुनै देशमा द्वन्द्व भएको खण्डमा त्यसको असर नेपाललाई प्रत्यक्ष रुपमा पर्ने अर्थबीद्हरुको भनाई रहेको छ । नेपाल निर्यात भन्दापनि आयातमा भर पर्नुपर्ने देश भएका कारण अमेरिका र इरानबीचको द्वन्द्वको असर नेपाल मात्र हैन अधिकाशं देशलाई पर्ने प्रा. डा. विश्वम्भर प्याकुरेलले बताएका छन् । विश्व अर्थतन्त्रमा पछिल्लो समयमा नसोचिएको आँकाडामा आर्थिक बृद्धिदरमा गिरावट आई रहेको अबस्थामा अमेरिका र इराकबीच भएको द्वन्दले झन असर गर्ने प्रा= डा. विश्वम्भर प्याकुरेलले बताए ।
पछिल्लो दशक विभिन्न क्षेत्र खासगरी व्यवसायिक क्षेत्रमा ऋण लिने क्रममा बृद्धि भएको छ । अन्तरर्राष्ट्रिय मुद्रा कोषका अनुसार चीन, जापान, अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, ईटाली र स्पेनका प्रायजसो संस्थाहरु ४० प्रतिशतभन्दा बढी ऋणमा रहेको जनाएको छ । कोषका अनुसार विश्वलाई चुनौती थपिदै गएको छ । यो चुनौती आगामी आर्थिक द्वन्द्वसम्म रहने अनुमान प्याकुरेलले गरेका छन् ।
विश्वमा ऋणको बेस रेट २ दशमलव ५ प्रतिशतसम्म पुगेको छ । विश्वको आर्थिक वृद्धि सन २०१८ को तुलनामा घट्दै गएको छ । व्यापार युद्ध र चीनको कमजोर हुँदै गईरहेको अर्थतन्त्रका कारण सन २०१८ मा २ दशमलव ६ प्रतिशतले ओरालो लागेको विश्वको आर्थिक वृद्धिदर सन २०१९ मा आईपुग्दा ३ दशमलव २ प्रतिशतले ओरालो लाग्न पुगेको छ । विश्व अर्थतन्त्रको वर्तमान अवस्थाले सन् २०२० को विशव अर्थतन्त्रलाई पनि मार्गनिर्देश गर्ने देखिन्छ ।
सन् २०२० मा विश्व अर्थतन्त्रमा अमेरिकी अर्थतन्त्र २ दशमलव १ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । युरोपको आर्थिक वृद्धि यो बर्षको तुलनामा आगामी बर्ष १ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जापानको कर वृद्धि १ दशमलव १ प्रतिशतले वृद्धि हुने देखिएको छ । १९९० देखि यता चीनको वृद्धिदरमा ६ प्रतिशतको गिरावट आउने अमेरिकासँगको व्यापार युद्धको असर चीनको अर्थतन्त्रमा पर्ने अनुमान गरिएको छ ।