काठमाडौं, २८ पुष । सुदुरपश्चिम विश्वविद्यालय विगत केही समयदेखि पदाधिकारीविहीन भएको कारणले सो विश्वविद्यालयले ठूलो मात्रामा शैक्षिक प्रभाव उक्त विश्वविद्यालयका प्राध्यापक संघका अध्यक्ष उत्तम थापाको गुनासो छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी सुदुपश्चिम विश्वविद्यालयले थुप्रै समस्या भोगिरहेको गुनासो पोखेका हुन् । सुदुरपश्चिम विश्वविद्यालयमा उपकुलपति भुषण श्रेष्ठ र रजिष्टार दिजराज भट्टले आफ्नो कार्य नियमानुसार नगरेपछि विज्ञान संकायका प्रा.डा पूर्णबहादुर चन्द्रलाई ३ महिने कार्यकालका लागि नियूक्त गरिएको थियो ।
उनको कार्यकाल सकिएपछि त्यस पदमा अहिलेसम्म नयाँ नियुक्ती नभएको कारण विश्वविद्यालयले समस्या भोग्नुपरेको छ । अहिले उक्त विश्वविद्यालयमा नेविसंघद्वारा तालासमेत लगाईएको छ ।
मंसिर ५ गतेदेखि उपकुलपतिको पद रिक्त भएकोले सुदुरपश्चिमबाट मान्यता प्राप्त विश्वविद्यालयले समेत समस्या भोग्नुपरको संघले जनाएको छ । अध्यक्ष थापाका अनुसार उक्त विश्वविद्यालयले उपकुलपति नभएको कारणले डेढ वर्षदेखि विश्वविद्यालय सभासमेत राख्न सकेको छैन् । यो विषयले विश्वविद्यालय र त्यससंग आबद्ध रहेको क्यामपसको सम्पूण कार्य ठप्प भएको छ ।
प्राध्यापक संघका अध्यक्ष थापाले गत मंसिर ५ गते उपकुलपतिको म्याद सकिए पश्चात् सो पदमा शिक्षा मन्त्रालयले कुनैपनि प्रध्यापक नियुक्त नगरेको गुनासो पोखे । उनकाअनुसार सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत १४ वटा क्यापस आबद्ध छन् ।
उपकुलपति नियुक्त नभएको कारण सम्पूर्ण क्याम्पसले समस्या भोग्नुपरेको उनको भनाई छ । विश्वविद्यालयमा आवद्ध ती १४ वटा क्याम्पसमा आवद्ध प्रध्यापकहरुले काम गरिरहेता पनि भविष्यमा उनीहरुलाई सेवा तथा सुविधामा धक्का पुग्नेबारे पनि उनले ध्यानाकर्षण गराए ।
शैक्षिक योग्यता भएका प्रध्यापकहरुको अन्यौल भविष्यले उनीहरुलाई विदेश पलायन हुन बाध्य बनाएको पनि उनको भनाई छ । उनले पदाधिकारीको रिक्त पदमा तुरुन्तै भर्ना गर्न जरुरी रहेको औँल्याए । शिक्षा मन्त्रालय पनि यस विषयलाई गम्भिर नरहेकोमा संघले मन्त्रालयलाई छिटो सामाधन गर्नसमेत आग्रह गरे ।
एमसीसी र सभामुखजस्तो पदमा अहिले सरकार केन्द्रित हुँदा शिक्षाको अवस्था दिनप्रतिदिन खस्किरहेको पनि उनले गुनासो पोखे । ‘यो विषयलाई सरकारले गम्भिरतापूर्वक हेर्नुपर्छ । यसले मुलुक र भविष्यका कर्णधारहरुमाथि खेलवाड भइरहेकोमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’–उनले भने ।