काठमाडौं, १ माघ । नेपाल प्रहरीमा इन्स्पेक्टर र असईका लागि आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना प्रकाशित गरी आवेदन खुलाएको हो ।
इन्स्पेक्टरका लागि १४९ र असईका लागि ५८४ दरबन्दीमा आवेदन खुलाइएको हो । खुला प्रतियोगिताबाट इन्स्पेक्ट र असईको खाली दरबन्दी पूर्तिका लागि आवेदन खुलाइएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ ।
इन्स्पेक्टरमा खुला ८०, अमर अशक्त प्रहरी परिवार ३ र समावेशी समूहतर्फ महिला १३, आदिवासी जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ दरबन्दीमा आवेदन खुलाइएको छ । असईमा ३१५ खुला, अमर अशक्त प्रहरी परिवारबाट १२ र बाँकी समावेशी समूह गरी ५८४ दरबन्दी खाली छ ।
दरखास्त फाराम दर्ता बिदाको दिनबाहेक ५ माघ विहान १० बजेदेखि ११ फागुन साँझ पाँच बजेभित्र राखिएको छ । दरखास्त फाराम पाइने र बुझाउने स्थानहरु काठमाडौंसहित सात प्रदेशका सात स्थान गरी आठ स्थानमा राखिएको छ ।
दरखास्त दस्तुर इन्स्पेक्टरका लागि एक हजार रुपैयाँ र असईका लागि तीन सय रुपैयाँ शुल्क राखिएको छ ।
इन्स्पेक्टरका लागि आवेदन दिन स्तातक उत्तीर्ण गरी २० देखि २५ वर्ष उमेर हुनुपर्नेछ । असईका लागि दश जोड दुई उत्तीर्ण गरी १८ देखि २४ वर्ष उमेर हुनुपर्नेछ ।
फारम भर्ने तरिका र योग्यता जान्न यहाँ क्लिक गर्नुहोस्