Logo

सिमेन्ट काण्डमा मुछिएपछि सचिव यमकुमारी सरुवाको लाइनमा



रिपोर्टर्स नेपाल, १ माघ । उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्व निकम्मा हुँदा मन्त्रालय मात्र नभई औद्योगिक क्षेत्र नै धरासायी बन्न पुगेको भन्दै प्रधामन्त्री कार्यालयका उच्च अधिकारीहरु असन्तुष्ट बनेका छन् । उद्योग सचिव यमकुमारी खतिवडाको कार्यशैलीका कारण उद्योग मन्त्रालयले गति लिन नसकेको भन्दै उनलाई त्यहाँबाट हटाउने प्रक्रिया बढ्न थालेको बुझिएको छ ।

सचिव खतिवडाको कार्यशैली सन्तोषजनक नभएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरु बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेर समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न पनि यमकुमारीलाई हटाएर अर्को औद्योगिक सेक्टर बुझेको योग्य सचिव ल्याउन आवश्यक तयारी भइसकेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् । सचिवको परफरमेन्स कमजोर हुँदा मन्त्रालयले दिने डेलिभरी पनि कमजोर बन्दै गएकाले उद्योग मन्त्री लेखराज भट्टलाई पनि विकल्प खोज्न उनी निकट मानिसहरुले सल्लाह दिन थालेका छन् ।

‘सचिवको फरफरमेन्स झुर छ, मन्त्री जी सफल हुने हो भने सचिव फेरेर उद्योग बुझेको मान्छेलाई जिम्मेवारी दिनुपर्छ’, मन्त्री भट्ट निकट एक नेकपाका नेताले भने, ‘अहिले कै सचिवसँग काम गर्ने हो भने मन्त्रीको भिजन कार्यान्वयन हुने सम्भावना देखिँदैन ।’ मन्त्रीको स्परिट अनुसारको सचिवको कार्यशैली नभएकाले पनि यमकुमारीलाई अन्यत्र सरुवा गरेर नयाँ सचिव ल्याउनुपर्ने नेकपाका ती नेताले सुझाव दिइसकेको बताए । मन्त्री भट्टलाई असफल बनाउने उद्देश्यले सचिव खतिवडाले काम गरिरहेको उनी निकट नेकपाको नेताहरुको ठम्याइ छ ।

यामकुमारीले के गरिन्
सचिव खतिवडामाथि सिमेन्ट उद्योगीसँग मिलेर सिमेन्टको गुणस्तर घटाउन सहयोग गरेको आरोप लागेको छ । संसदीय समितिमा पनि सांसदहरुले उनलाई मोटो रकम बुझेर सिमेन्टको गुणस्तर घटाउन सहयोग गरेको विषयमा जवाफ मागेको थिए । यस विषयमा सचिव खतिवडाले प्रस्ट जवाफ नदिइ समितिको बैठकबाट बाहिरिएकी थिइन् । सिमेन्टको गुणस्तरमा सचिव कै मिलेमतोमा भएको चलखेलको विषयमा मन्त्री भट्टले पनि सुइको पाइसकेका छन् । तर उनले यस विषयमा मुख भने खोलेका छैनन् ।

सचिव खतिवडा उद्योग सचिवमा सरुवा भएर आएको पनि साढे दुई वर्ष भइसकेको छ । उनी मन्त्रालयमा एकछत्र रहनुलाई कतिपयले आर्थिक चलखेलसँग जोडेर हेरेका छन् ।



प्रतिक्रिया दिनुहोस्