चितवन, २ माघ । बलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन प्रिन्स भिलेज रिसोर्टमा सम्पन्न भएको संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । उक्त कार्यक्रममा अध्यक्षता प्रहण संस्थाका अध्यक्ष नविन कुमार रानाले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहा रहेकी थिईन ।
त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका अभियन्ता धूर्मुस रहेका थिए । कार्यक्रममा एक जना महिला चालक (हेभ्भी ड्राईभर) भरतपुर१६ निवासी विष्णु माया तामाङलाई प्रशंसापत्रका साथै नगद रू ५,००० ले हौसला स्वरुप सम्मानित गरिएको थियो।
त्यसै गरि बन्दै गरेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको लागि सोहि कार्यक्रममा प्रमुख अतिथि पार्वती शाहा, संरक्षक बलु पाण्डे, अध्यक्ष नविन कुमार राना मगर लगायतले संस्थाको तर्फबाट रु. ५५,५५५ को चेक विशिष्ट अतिथि धुर्मुसलाई हस्तांतरण गरेका थिए ।
कार्यक्रममा १६ नम्बर वडा भित्र रहेका वालविकाश केन्द्रका ज्ञछण् जना वालवालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरियो। कार्यक्रम संचालन संस्थाका कोषाध्यक्ष तोरण दत्त सुबेदीले गरेका थिए । कार्यक्रममा अध्यक्षले भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने वार्षिक प्रतिवेदन प्रस्तुत सह सचिव सन्तोष पण्डितले गरेका थिए भने आथिर्क प्रतिवेदन र भावी वजेट विनियोजन प्रतिवेदन कोषाध्यक्ष तोरण दत्त सुवेदीले गरेका थिए ।
कार्यक्रममा समाजसेवी नन्द प्रसाद भट्ट, शुरविर पोख्रेल लगायत देवि आचार्य, हरिमाया प्रधानले ज्ञट नम्बर वडाको एक मात्र पुरानो र समाजिक सेवा गर्दै आएको संस्था आगामी दिनमा अझ प्रभावकारी काम गर्दै जाहोस र विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्न सुझाव पनि दिनुभयो साथै अधिवेशन पनि भएको हुनाले नयाँ बन्ने समितिलाई अग्रिम बधाई तथा शुभकामना दिए ।
२०७७–७९ कार्यकालको लागि अध्यक्ष तथा कोषाध्यक्षमा क्रमशः नविन कुमार राना मगर र तोरण दत्त सुवेदी पुन सोही पदमा निर्विरोध निर्वा्चित भएका थिए । त्यसैगरी उपाध्यक्षमा विना क्षेत्री, सचिवमा रश्मि कोइराला, सह–सचिवमा दुर्गा जि सी र सदस्यहरू मैया देवि पण्डित, विष्णु पाण्डे, झरना क्षेत्रि, आशा वस्नेत, यम बहादुर गुरुङ र अमृता पण्डित निर्वा्चित भए । निर्वाचित कार्य समितिलाई निर्वाचन समिति संयोजक श्री वसन्त कुमार थापाले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।