Logo

भीम रावललाई सरकारका प्रवक्ताको प्रश्न- बालुवाटारबाट कस्ले ज्यान मार्ने धम्की दियो ?



काठमाडौं, २ माघ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारबाट नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावललाई ज्यान मार्ने धम्की दिइएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारको प्रश्नमा उनले धम्की कस्ले दियो स्पष्ट पार्न चुनौती दिए ।

‘बालुवाटारबाट उहाँलाई कस्ले ज्यान मार्ने धम्की दियो ?’ बाँस्कोटाले प्रश्न गरे । बालुवाटारबाट कोही असुरक्षित नहुने उनको भनाई थियो । उनले चर्चामा आउन रावलले त्यस्तो आरोप लगाएको बताए ।

नेकपा नेता रावलले आफूमाथि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएका थिए । रावल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक बन्दै आएका छन् । उनले ओलीका कतिपय कदमहरुको खुलेर विरोध गर्दै आएका छन् । रावलको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासँग सामाजिक सञ्जालमा आरोप प्रत्यारोप समेत चल्दै आएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्