Logo

फरबिडन सिटिमा जीप चढेर युवती छिरेपछि…



चीनको कडा सुरक्षा दिइएको फरबिडन सिटीमा एक महिला जीप लिएर पुगिन् । उनले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखिन् ।
संग्रहालयका रुपमा विश्वभरका मानिसहरु पुग्ने गरेको फरबिडन सिटी खाली रहेको बेलामा उनले तस्बिर राखेकी थिइन् । महिला कसरी खाली फरबिडन सिटीमा जीपसहित पुगिन् भनेर चासो बढेको छ ।

महिलाले चीनको सामाजिक सञ्जाल सिना विबाओमा १७ जनवरीमा राखेको जीपसहित साथीसँगको तस्बिरबारे गम्भीर प्रतिक्रिया आउन थालेपछि तत्काल मेटिन् । तर, त्यतिबेलासम्म तस्बिर भाइरल भइसकेको थियो । चार लाख मानिसले केही मिनेटमै प्रतिक्रिया दिइसकेका थिए । लु जिआबो नामकी ती महिला धनाढ्य परिवारकी भएको बताइएको छ ।

महिला कडा सुरक्षा रहेको सम्पदाभित्र कसरी प्रवेश गरिन् भनेर अनुसन्धान शुरु भइसकेको छ । सम्पदा सुरक्षा अधिकारीहरु समेत घटनापछि कारबाहीमा पर्न सक्ने बुझिएको छ । चीनमा सम्पदामा हानी नोक्शानी पुर्याउनेमाथि कडा दण्ड सजायको व्यवस्था छ । अब ती महिलामाथि कडा सजाय हुनसक्छ ।

फरबिडन सिटी सँसारकै आकर्षक सम्पदा हो । सन् १४२० देखि १९१२ सम्म चिनियाँ राजपरिवार बस्ने दरबार थियो । राजसंस्थाको अन्तसँगै फरबिडन सिटी संग्राहालयमा परिणत भयो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot