रामेछाप, ४ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेकपाको सरकार भ्रष्टाचारलाई नीतिगत रुपमै पास गराउने गरी संविधानमा भएका व्यवस्थालाईनै कुल्चदै विभिन्न निर्णय गर्नमा लिप्त भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारले नेपालमै पहिलो पटक भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्ने गरी निर्णयहरु गर्न लागेको आरोप लगाउनुभएको हो ।
ठूलठूला भ्रष्टाचारलाई ढाकछोप गर्दै केही भ्रष्टाचारमा काँग्रेसलाई मुँछ्ने खेलमा अहिलेको सरकार अग्रसर भएकाले त्यसको विरोधमा काँग्रेस संसदमा कडा रुपमा प्रस्तुत हुने नेता पौडेलको स्पष्टोउक्ती थियो ।
संविधानमा वैयक्तिक स्वतन्त्रता, व्यक्तिगत अधिकार लगायतका कुरा प्रष्ट रुपमा उल्लेख हुँदा हुँदै वैयक्तिक स्वतन्त्रलाई समेत असर पार्ने गरी नेकपाको सरकारले विधेकहरु ल्याएर व्यक्तिको मानअधिकार हनन गर्न लागी परेको उहाँको भनाई रहेको छ ।
पिछल्लो समय चर्चामा रहेको एमसीसीका विषयमा नेता पौडेलले नेपाली काग्रेसको सरकार भएको बेला सम्झौता भएकाले एमसीसी देशकै हितमा भएको कुरा बताउँदै नेकपाका केही नेताले त्यसलाई गलत तरिकाले व्याख्य गरेर सम्झौता रद्द गर्ने खेलमा लागेको आरोप लगाउनुभयो । नेपाली काग्रेस एमसीसीकै पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै संवैधानिक अगं, नेपाली सेना, प्रहरी–प्रशासन, कर्मचारीतन्त्र लगायतका ठाउँमा समेत नेकपाकरण गर्दै आफ्ना मान्छे भर्ती गर्न अहिलेको सरकार खुलेआम लागी परेको उहाँको दावी रहेको छ ।