Logo

यसकारण मागियो ज्युरिखसंग आशयपत्र



काठमाडौं, माघ ५ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख कटानको काम रोक्न अन्तरिम आदेश दिए पनि लगानी बोर्ड, नेपालले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल एजीसँग आशयपत्र आरएफपी माग गरेको छ ।

शुक्रबार सूचना सार्वजनिक गर्दै लगानी बोर्डले सो विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने गरी ज्युरिखसँग आशयपत्र माग गरेको हो । यसअघि यो विमानस्थल सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा निर्माणका लागि बोर्डले गत असोज पहिलो साता नै ज्युरिखलाई संक्षिप्त सूचीमा राखेको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार ज्युरिखले ४५ दिनभित्र विमानस्थल निर्माणको आर्थिक र प्राविधिक दुवैको विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्ने खवर आजको आर्थिक अभियानमा छ ।



प्रतिक्रिया दिनुहोस्