Logo

हवाई सेवा दिनभर प्रभावित



काठमाडौं, माघ ५ । दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ ।हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो ।

विमास्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरु ठप्प भए ।सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक हुने गर्दछ ।

बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरुपमा सुचारु  भएको आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्