काठमाडौं, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषदमा चारजना राज्यमन्त्री थपेका छन् । उनले आज ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जयमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्रीमा पद तथा गोपनयताको सपथ गराएका छन् ।
प्रदेशमा विवाद मिलाउन सबै पक्षलाई समेट्न राईले राज्यमन्त्री थपेका हुन् । प्रदेश १ को नाम र राजधानीबारे निर्णयमा पुग्ने तयारी भइरहँदा राईले राज्यमन्त्री थप गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
अम्बिर गुरुङ, राज्यमन्त्री, भौतिक पूर्वाधार
रामबहादुर रानामगर, राज्यमन्त्री, भूमि व्यवस्था
जसमाया गजमेर, राज्यमन्त्री, सामाजिक विकास
विजयकुमार विश्वास, राज्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण
File Photo