Logo

मंगलको हानीकारक प्रभावबाट बच्ने ६ सरल उपाय



मंगलको हानीकारक प्रभावः
१. मंगललाई आक्रामक पापी ग्रह मानिन्छ । विवाहको अवसरमा मांगलिक कुन्डलीमा मंगलको स्थिती हेर्नु अनिवार्य मानिन्छ । जब लग्न भन्दा पहिलो, चौथो, सातौ,आठौ र बाह्र औ भावमा मंगल भएमा मांगलिक भएको मानिन्छ ।
मंगलको प्रभाव २८, ३२ वर्षसम्म रहन्छ । मांगलिक भएको व्यक्तिलाई मंगलले बाचुञ्जेलसम्म पनि अत्यधिक हानी गर्छ । यसमा पत्नी वा पतिको मृत्यु , सम्बन्ध विच्छेद, व्यवसायमा नोक्सान, नोकरीबाट पदच्युत र मृत्युतुल्य कष्ट जस्ता परिणाम भोग्नु पर्ने हुन्छ ।
२.लग्नमा मंगल भएमा पत्नीसंग सम्बन्ध विच्छेद गराइदिन्छ । चतुर्थभावमा मंगल भए झगडा गराउँछ । सप्तम भावमा भए जीवनसाथी दुइटैको मृत्युसम्म हुने । बाह्रो औ स्थानमा भए जीवनसाथीकोे मृत्यु वा दाम्पत्य जीवनको खुशी लुटिने र आर्थिक रुपमा कंगाल भई राजदन्ड समेत भोग्नु पर्ने देखिन्छ ।
३.द्धितीय स्थानमा मंगल भएमा मानिसलाई चोर बनाउन सक्छ । आँखामा समस्या आउने गर्छ । तृतीय स्थानमा मंगल बसेमा आफु भन्दा ठुला दाईलाई हानी पुराउछ । पंचम, दशम र एकादश स्थानमा मंगल भएमा संन्तानलाई हानी गर्ने देखिन्छ ।
४. जन्मकुडलीको कुनै स्थानमा मेष र वृश्चिक वा उच्च स्थानमा मकर भएमा पाप मा बृद्धि हुने गर्छ ।
मंगल पापी ग्रह नै हो । तसर्थ यसले धेरै हानी गर्छ ।तैपनि यसले राजयोगको फल पनि दिने गर्छ ।
मंगल शान्तिको उपायहरुः
१. स्नानः रातो चन्दन, रातो फुल, बेलको बोक्रा, जटामसी, मौलश्री, खिरेटी, गोदान्ती, मालकान्गुनी र सिंगारक आदीलाई मिक्षण गरि स्नान गरेमा मंगलको हानी कम गर्न सकिन्छ ।
२. दानः रातो रंगको कपडामा फुल वा अन्य सामाग्री, मुसर,गुड घ्यु, केशर, गहँु, मिठाई दान गर्दा शुभ फल दिन्छ ।
३.पुजा–पाठः हनुमानको दैनिक दर्शन, दीपदान, लक्ष्मी र गणपति स्तुति, महागायत्री उपासना, हनुमान चालिसा, कार्तिकेय स्तुति र पुजा पाठ गरेमा मंगलको हानीबाट बच्न सकिन्छ ।
४. जप–तपः मंगलको मन्त्र, हनुमान को मन्त्र, ११,२१,२८ वा ४३ मंगलवारको व्रत बस्नाले मंगलको दोष कम हुन्छ ।
५. धातु रत्नादीः सुन वा तामाको औठीमा मुगा राखी धारण गर्नु राम्रो हुन्छ । मुगाको अलवा जुन धातु वा उपरत्न धारण गर्नु पर्छ । औठी मध्यम र्औलामा धारण गर्नुपर्छ । यो धारण गरेपछि ३ वर्षसम्म परिर्वतन देखिन्छ । मंगल सम्बन्धि उपरत्नको प्रभाव ३ वर्षमा समाप्त हुन्छ ।
६.अन्य सरल उपायः हनुमानको मन्दिरमा दैनिक दान गर्ने , मंगलवार सिन्दुर चढाउने, स्वयंले सिन्दुरको टिका लगाउने,गुड, मुसुरोका दाल, सधै भोजन पछि सौफ र मिश्री दिने, भोजनमा तुलसीको पत्ता र कालो खुर्सानीको प्रयोग गर्ने गरेमा मंगलबाट हुने अनिष्टबाट बच्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot