
बेलायती बक्सर एन्थोनी जोसुआ नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीसामु लम्पसार परेका छन् । बेलायतमा रहेका बुहारीलाई भेट्ने क्रममा जोसुआ लम्पसार परेका थिए ।
उनी लम्पसार परेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसबारे क्रिया प्रतिक्रिया भएको छ । जोसुआले भने यसलाई राजनीतिकरण नगर्न भनेका छन् । आफूभन्दा गन्यमान्यलाई सम्मान गर्ने आफूहरुको संस्कार भनेका छन् । नाइजेरियाबाहिर भने जोसुआको आलोचना भएको छ । तर, नाइजेरियालीले जोसुआले आफ्नो संस्कार र परम्पराको सम्मान गरेको प्रतिक्रिया आएको छ ।
नाइजेरियाली राष्ट्रपति बुहारी युके-अफ्रिका लगानी सम्मेलनमा सहभागी हुन लन्डन पुगेका हुन् । सम्मेलन २० जनवरीबाट शुरु भएको छ ।
जोसुआ विश्व हेभिवेट बक्सिङ च्याम्पियन हुन् । नाइजेरियाली मूलका बेलायती नागरिक उनी ६ फिट ६ इन्च अग्ला छन् । सन् २०१२ मा ओलम्पिक स्वर्ण पदक जितेका थिए ।- एजेन्सी