Logo

लालपुर्जा पाउँदा पनि पत्याउनै कठिन



काठमाडौँ, ८ माघ । सानो झुपडीमा जीवनका ५२ वर्ष गुजारेका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ । अर्काको घरमा २० वर्ष हलो जोतेर कठिन जीवन बाँचेका सार्कीलाई हातमा लालपुर्जा पर्दा पत्याउन गाह्रो भयो । घरजग्गाविहीन भएर जीवनभर अर्काको हलो जोतेर भोगेको पीडा उनले आफ्नै घरमा बिसाउन पाएको छ ।

उनले घर मिल्यो, सुख भयो । पहिलाभन्दा धेरै राम्रो छ, हलिया हुँदा दबाब थियो, त्यहाँबाट छुटकारा भएर यहाँ आउँदा ठीक लागेको छ उनले भने । उनले डडेलधुराको डोटीबटाल गाउँमा दैनिक एक माना चामलका भरमा २० वर्ष हलो जोतेको थियो । पुस्तौँदेखि उनका बुबा र बाजे सबैले हलो जोतेको थियो । हँसिलो चेहरामा उनले लालपुर्जा हातमा पर्दा निकै खुसी लाग्यो । धेरै धन्यवाद दिन मन लागेको छ भने । उनको थप अपेक्षा छ, सरकारले बास दियो अब गासको समस्या पनि समाधान गरिदेओस् । सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को बागफाँटामा एकीकृत बस्ती निर्माण गरी मुक्त हलियाको पुनस्र्थापना गर्दा बस्तीमा खुसी छाएको छ । घरजग्गाविहीन हलिया परिवार आफ्नै घरमा बस्न पाउँदा निकै खुसी देखिन्थे । बस्ती हस्तान्तरणको औपचारिक समारोहमा पुग्दा ललिता लोहारको परिवारमा पनि विशेष खुसी छाएको थियो । उनले खुसी व्यक्त गर्दै बस्ने बास भयो, खानेपानी र ट्वाइलेट भएको छ । हलिया हुँदाखेरी त जिन्दगी बिजोग थियो भने ।

एउटा कोठा मात्र भएको जस्ताको झुपडी चार जनाको परिवारले गुजारा गर्नुपरेको तीतो यथार्थ पोख्दै उहाँले पहिला एउटै कोठामा डल्लो पर्नुपथ्र्यो । अहिले त राम्रो छ, केटाकेटीले खेल्ने ठाउँ पाएका छन् भने । उनीसँग अहिले तीन कोठाको घर, आँगन, खानेपानी र शौचालयसमेत छ । उनले दुईवटा कोठामा पलङ राखेको छ । पलङमा पलङपोस हालेर ओछ्यान चिटिक्क मिलाएको छ । घर सफा छ, दुईवटा साना छोरा आँगनमा उफ्रिदै खेलिरहेका थिए, उनी दङ्ग थिए । एउटा कोठामा गुजुल्टिएको विगत भुलेर खुसीसाथ छुट्टै स्ल्याब राखेको भान्सामा पकाउँदा घर अझ सफा भएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्