Logo

भारतद्वारा थानकोटस्थित् अरविन्द आश्रम विद्यालयको विद्यालय भवन निर्माण



काठमाडौं, ८ माघ । भारतको सहयोगमा निर्माण गरिएको अरविन्द आश्रम विद्यालयको नव निर्मित विद्यालय भवनको आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले बुधबार काठमाडौं जिल्लाको थानकोटस्थित उक्त विद्यालयको नव निर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा अरविन्द योग मन्दिरले स्थापना गरेको दुतावासले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

 विज्ञप्तीमा भनएिको छ,‘यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेकाृे छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।’

भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित उक्त विद्यालयको तीन तल्ले नयाँ संरचनामा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारतले खुशी समेत व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot