Logo

प्रधानमन्त्री ओलीको सन्देश बोकेर विष्णु पौडेल खुमलटारमा, यस्तो छ प्रस्ताव



काठमाडौं, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटारमा पुगेका छन् ।

पछिल्लो समय नेकपामा शक्ति–समिकरण फेरिएको छ । अध्यक्ष ओलीलाई अर्का अध्यक्ष दाहालले कमजोर बनाएको चर्चा तथा परिचर्चा भैरहेको छ । प्रधानमन्त्री ओलीले सभामुखमा आफ्नो मान्छे ल्याउन चाहँदाचाहँदैपनि प्रचण्ड आफूनिकट नेता अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेद्धवार बनाउन सफल भए । त्यसपछि ओली कमजोर भएको आँकलन गरिएको हो ।
आज (बुधबार) भने नेकपाका महासचिव एवम् सचिवालय सदस्य विष्णु पौडेल आज प्रचण्डनिवास खुमलटार पुगेका छन् । स्रोतका अनुसार उनी अध्यक्ष ओलीको सन्देश बोकेर खुमलटार पुगेका हुन् । पार्टीको अब बस्ने केन्द्रीय समितिको बैठक, उपसभामुखमा कुन पार्टीसँग सहकार्य गर्ने र एमसिसीलगायतका विषय बोकेर नेता पौडेल प्रचण्ड निवास पुगेको बताईन्छ ।

ओलीले पार्टीको सचिवालय बैठक र केन्द्रिय समितिको बैठकबाट एमसिसी सर्वसम्मत रुपमा पारित गर्नेबारे ठोस निर्णय लिनुपर्ने प्रस्ताव अघि सारेका छन् । यसमा प्रचण्ड खेमाबाट केही अवरोध हुने बुझेर नै उनले महासचिव पौडेललाई आफ्नो सन्देश पठाएका हुन। file photo/MUKUNDA KALIKOTE



प्रतिक्रिया दिनुहोस्