Logo

बाबुरामले प्रचण्डलाई ‘बुढो बाघ’ को संज्ञा दिएपछि..



काठमाडौं, ९ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मी मित्र नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् । प्रचण्डले बाबुरामलाई निरीह भएर समाजवादी पार्टीमा नबस्न भनेर आग्रह गरेको भोलिपल्ट आज (बिहीबार) डा. भट्टराईले यस्तो जवाफ फर्काएका हुन् ।

उनले ट्विटरमा प्रचण्डलाई जवाफ दिँदै यस्तो लेखेका छन्,‘पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँगसकस्लाई दिने वर……?’

उनले समाजवादी पार्टी छोडेर नेकपामा आउन आग्रह गरेकोमा ‘आफैं खड्गप्रसादको पिँजडामा फसेर छट्पटाईरहेका पुष्पकमलले हामीलाई पनि पिँजडामा आउन आग्रह गरेछन्’ भन्दै कडा जवाफ फर्काएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot