Logo

मैले गल्ती गरेको छैन, डराउँदिन् : सभामुखका उम्मेद्धवार सापकोटा



चतरा, ९ माघ । सभामुखका एक्ला उम्मेदवार अग्निप्रसाद सापकोटाले आफूले गल्ती नगरेकोले नडराउने प्रतिक्रिया दिएका छन् । बिहीबार गृहजिल्ला पुगेका सभामुखका उम्मेदवार सापकोटाले यस्तो बताएका हुन् । उनले आफ्नो पक्षमा आएका टिप्पणीले आफूलाई अगाडि बढ्न झनै सहयोग पुग्‍ने पनि स्पष्ट पारे ।

उनले नकारात्मक टिप्पणीले आफूलाई सहयोग पुगेको बताएका हुन्। ’मेरो सभामुखमा निश्‍चित भएपछि नकारात्मक टिप्पणी आएका छन्। उनले भने,”सुन आगोमा हालेर तताउँदा हराउँदै पुनः खारिन्छ, झन् पहेँलो भएर निस्कान्छ।’ देशकै उच्च तहको नेतृत्व आफ्नो काधमा आएको हुनाले आफूविरुद्ध धेरै नकारात्मक टिप्पणी गरेर हतोत्साहित गर्न खोजिएको आरोप लगाए। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot