Logo

जर्मनीमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने



काठमाडौं, ९ माघ । सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय गरेको छ । सोमबार बसको मन्त्रिपरिषद् बैठकले भवन र जग्गा बेच्न जर्मनस्थित नेपाली राजदूतावासलाई अख्तियारी दिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।

पश्चिम जर्मनीमा नेपाली राजदूतावास बोनमा थियो । अहिले बर्लिनमा नेपाली राजदूतावास छ । बोनमा नेपाली राजदूतावासको स्वामित्वको दुई हजार आठ सय ४६ वर्षमिटर जग्गा र दुईवटा घर रहेको छ । दुवै घर र जग्गाको मूल्यांकन गरेर सूचना प्रकाशित गरी बोलकबोलबाट जसले बढी पैसा दिन्छ उसैलाई विक्री गरिने मन्त्री बाँस्कोटाले बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot