Logo

कोरोना भाइरसको कारण चीनको ग्रेटवाल बन्द



काठमाडौं, १० माघ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले विश्वप्रसिद्ध ग्रेटवाल बन्द गरेको छ । उसले आजबाट १३ वटा सहरमा आवतजावतमा रोक लगाएको छ । बेइजिङको प्रसिद्ध फर्बिडन सिटी, सांघाईको डिज्नील्यान्ड र ग्रेट वालको केही हिस्सा पनि तत्कालका लागि बन्द गरिएको छ।

हाल चार करोडभन्दा बढी जनसंख्या रहेको क्षेत्र ठप्प पारिएको छ । कोरोना भाइरसबाट २६ जनाको ज्यान गइसकेको छ। चीनमा अहिले वसन्त पर्वको छुट्टी छ। तर, भाइरस संक्रमणको भयले थुप्रै कार्यक्रम बन्द गरिएको छ। एजेन्सी file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot