Logo

शेरबहादुर देउवा फेरि सभापति बन्नुहुन्छ : रमेश लेखक (भिडियोसहित)



काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा फेरि पनि सभापति बन्ने दाबी गरेका छन् । नेता लेखकले सोहीअनुसार सभापति देउवाले तयारी गरेको सुनाएका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता लेखकले लामो समयपछि पार्टीभित्रको रस्साकस्सी र विवादसमेत समाधान भएको स्पष्ट पारे । पार्टीको १४औं महाधिवेशनको मुख्य कार्यतालिका (फागुन ७ गतेदेखि फागुन १० गतेसम्म) बाहेक अन्य सबै कुरामा लचक हुन देउवा सहमत भएका छन् । यो सँगै कांग्रेसभित्रको विवाद हल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot