Logo

हिमाली क्षेत्रको समृद्धिको लागि मन्त्री गुरुङको यस्तो छ फर्मुला



काठमाडौं, ११ माघ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले हिमाली क्षेत्रको समृद्धिका लागि आफ्नो फर्मुला सुनाएका छन् । हिमाली क्षेत्र जडिबुटीले धनी भएकोले यसको संरक्षण र सदुपयोग गरेर अघि बढ्ने सरकारको लक्ष्य रहेको बताए ।

मन्त्री गुरुङले हिमाली क्षेत्रका जनताको समस्या समाधानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारलाई पनि आग्रह गरे ।

‘हिमाली क्षेत्रका जनताको समस्या समाधानका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्दछ,’ युङ्गडुङ्ग बोन उच्च शिक्षालय स्थापनाको २५ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,‘हिमाली क्षेत्रको समृद्धिका लागि सरकारले त्यहाँको जाडिबुटीको संरक्षण र सदुपयोग गरेर अघि बढने लक्ष्य लिएको छ ।’

मन्त्री गुरुङले प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन पनि सबैलाई आह्वान गरे । मन्त्री गुरुङले हिमाली क्षेत्रको प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी पाठयक्रमको निर्माण गरी अध्ययन, अध्यापन गराउने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot