काठमाडौं, १२ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपाका स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।
सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा हेर्न नमिल्ने बताइएको छ ।
सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो ।
फुयाँलले पहिले सापकोटाविरुद्धकै मुद्दामा सर्वोच्चमा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका हुन् । आज सभामुखमा सापकोटा निर्विरोध निर्वाचित हुनेछन् ।