मेलामा ३० लाख खर्च हुने र एक करोडको कारोबार हुने अनुमान
काठमाडौं, १२ माघ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला भने पाटन संग्राहलय, ललितपुरमा गरिने भएको हो । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले गर्ने कार्यक्रम रहेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त मेलाबारे जानकारी गराईएको हो । नेपालका अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यकत्ता महशुस गरि अर्गानिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएका छन् । मेलाको सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रा.ली. र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रा.ली. रहेका छन् ।
आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हरेक प्राणी एवं मनुष्यका लागि स्वास्थ्य सबैभन्दा पहिलो शर्त रहेछ । अस्वस्थ मानिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सक्दैन् । घरको एक सदस्य अवस्थ हुँदा पुरै परिवारलाई त्यसको नकारात्मक असर पर्छ । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैवीक र वैदिक हुन पर्दछ । जसको सेवनबाट मानिस निरोगी हुन सकोस भन्ने यो मेलाको उद्देश्य रहेको छ ।’
आयोजक संस्थाका अनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने रहेको छ । त्यस्तै, उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने, स्वस्थ भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्र्बद्धनमा सहयोग पुर्याउने र अर्गानिक विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरक्रियामार्फत सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउेपनि अन्य मुख्य उद्देश्य रहेको जनाईएको छ ।
कार्यक्रममा बोल्दै मेलाकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा ५० भन्दा बढि स्टलहरु रहने जानकारी दिईन् । उनकाअनुसार त्यस सम्बन्धमा नेपालभित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरुसँग समन्वय गरिएको छ । उनले भनिन्,‘मेलाको गतिविधि आमसञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गराउन सजिलो होस भन्ने उद्देश्यले मेला अवधिभर मिडिया कर्नरको समेत व्यवस्थापन गरिएको छ ।’
उनले मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु, फलफूल, विउ विजन, मह, तेल, राडी, पाखीलगायत रहने जानकारी दिईन् । त्यस्तै, मेलामा अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य, व्यापारसम्बन्धी प्रोजेक्टहरु सम्बन्धमा पनि जानकारी तथा सूचना समेत प्रवाह गरिने उनको भनाई छ । आयोजक संस्थाकाअनुसार उक्त मेलामा ३० लाख खर्च हुने अनुमान गरिएको छ । र, मेलामा एक करोडको कारोबार हुने पनि आयोजकले अपेक्षा लिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री समेत रहेका अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले पनि मेलाको बारेमा प्रकाश पारेका थिए । उनले नेपालको पूरानो वैदिक कृषि प्रणाली नै अहिलेको प्राङ्गारिक कृषि प्रणाली रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल सरकारले कृषि मन्त्रालयको तर्फबाट प्रत्यक्ष रुपमा किसान तथा कृषकहरुलाई लाभ हुनेगरि नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’ उनले मलमा अनुदान दिनुभन्दापनि किसानलाई कृषिपालनमा अनुदान दिनुपर्नेमा जोड दिए । ‘सरकारले यस्तो कदम चाले हाम्रो देश अर्गानिक राष्ट्रको रुपमा अघि बढ्ने सम्भावना बोकेको छ’–बाँस्कोटाले भने ।
आजको पत्रकार सम्मेलनमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका प्रतिनिधि मिन बहादुर कुँवर, अर्गानिक एशोसिएसन नेपालका उपाध्यक्ष प्रेम लामा, सांग्रिला एग्रो वल्र्डको तर्फबाट सञ्चालक तारा बाँस्कोटा, प्राविधि सल्लाहकार तथा अर्वन प्लानरबाट अर्जुन कोइराला र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिजका तर्फबाट सञ्चालक चन्द्रकला बाँस्कोटा र प्रवन्ध निर्देशक समिक्षा बाँस्कोटाको उपस्थिति रहेको थियो । आजको पत्रकार सम्मेलनको सञ्चालन भने समिक्षा बाँस्कोटाले गरेकी थिईन् ।
चौथो प्राङ्गारिक कषि मेला – २०७६
माघ १७–२०, २०७६
पाटन संग्राहालय, ललितपुर
आदरणीय पत्रकार ज्यूहरु,
मानिसहरुको आकर्षण दिन प्रतिदिन अर्गानिक उत्पादनमा बढ्दै गएको र अर्गानिक उत्पादन उपभोग गर्नेहरुको संख्या उल्लेख्यरुपमा बृद्धि भइरहेको छ भने नेपाल सरकारले पनि अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अबस्था छ । बजारको स्वरुप हेर्दा डिपार्टमेन्टल स्टोर, थोक तथा खुद्रा पसल तथा लघु उद्यम व्यवसाय उल्लेख्यरुपमा रहेका छन तथापी जनसंख्याको तुलनामा अर्गानिक उत्पादित बस्तुहरु सहजरुपमा उपलब्ध हुन सकेको छैन । उपभोक्ताहरुको ईच्छा चाहना हुँदाहुँदै पनि बिषादीयुक्त बस्तुहरुको उपभोग गर्नुपर्ने बाध्यता छ । अर्को तर्फ अर्गानिक उत्पादनका बारेमा आम नागरिकमा कम सचेनता छ । बजारमा जे पाईन्छ त्यही किनेर प्रयोग गर्ने शहरिया जीवन शैलीले पनि मानव स्वास्थ्यमा गम्भिर असर पर्दै गएको छ । आम नागरिकमा अर्गानिक उत्पादनका बारे ब्यापक जनचेतना बृद्धि गरी सोही अनुरुप अर्गानिक उत्पादनहरु सहजरुपमा उपलब्ध गराउन अर्गानिक उत्पादन बिक्री बितरणलाई सहयोग पुरयाउनु पर्ने टडकारो आवश्यक्ता देखिएको छ ।
नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी वनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यक्ता महसुस गरि अर्गानिक एसोसिएसन नेपाल र कंचनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको ब्यापार प्रबद्र्धन निकासी केन्द्रसंगको सहकार्यमा यस अर्गानिक मेलाको आयोजना गर्न लागिएको हो ।
मेलाको लक्ष्य
हरेक प्राणी एवं मनुष्यकालागी स्वास्थ्य सबै भन्दा पहिलो सर्त रहेछ । अस्वस्थ मनिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सकिदैन । घरको एक सदस्य अश्वस्थ हुँदा पुरै परिवारलाई त्यसको नकरात्मक असर पर्छ ।
जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादन देखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैबिक र वैदिक हुन पर्दछ । जसको सेवनबाट मानिस निरोगी हुन सकोस भन्ने यो मेलाको उद्देश्य रहेको छ ।
रोग लागेर औषधी उपचार गर्नु भन्दा पनि रोगै नलाग्ने उपाएको खोजी आजको मुख्य आवश्यकता भएकोले कंञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर प्रा लि बाट यो सुचना विगत २५ वर्ष देखी पस्कदै आएको कुरा पनि जानकारी गराउदै र बिगत ४ वर्ष देखी उक्त नाउमा काठमाण्डांैको उपत्यकामा अर्गा्निक जौविक कृषिमेलाको आयोजना गर्दै जनचेतना अभिबृद्धि गर्ने काम गर्दै आएको र गत साल देखी अर्गानिक उत्पादकहरुको एउटा संस्था “अर्गानिक एसोसिएसन नेपाल “ नामक संस्था खडा गरी संस्थाको स्थापना गरी अर्गानिक उत्पादनलाई प्रबद्र्धन गरिरहेका छौं ।
अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिंदै त्यस्ता उत्पादनको प्रबद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पुरयाउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गर्ने ।
अर्गानिक उत्पादनको बजार प्रबद्र्धन गर्ने । स्वस्थ्य जीवन शैलीका लागि अर्गानिक उत्पादन प्रयोगमा जोड दिने ।
मेलाको मुख्य उद्देश्य
ड्ड नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने ।
ड्ड उत्पादक र उपभोक्ता विचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने ।
ड्ड स्वस्थ्य भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्बद्र्धनमा सहयोग पुरयाउने ।
ड्ड अर्गानिक बिषयसंग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरकृया मार्फत सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउने ।
मेलाका आयोजक तथा सह आयोजक
यस पटकको प्राङ्गारिक कृषि मेलाको आयोजकका रुपमा अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरले रहेका छन । त्यस्तै सह आयोजकका रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्र रहेको छ ।
चौथो प्राङ्गारिक कृषि मेला २०७६ को ललितपुर स्थीत पाटन संग्राहालयमा मिति २०७६ माघ १७ देखि २० गतेसम्म आयोजना हुदैछ । त्यस्तै अन्य सहयोगिका रुपमा नेपाल महर्षि वैदिक फाउण्डेशन, साँग्रिला एग्रो वल्र्ड प्रा।लि, बाँस्कोटा ग्रुप अफ ईन्डष्ट्रिज प्रा।लि रहनेछन् भने अन्य सघं संस्थाहरु प्नि आवद्ध हुनेछन् ।
मेलामा रहने स्टल संख्या
चौथो प्राङ्गारिक कृषि मेला २०७६ मा ५० भन्दा बढी अर्गानिक तथा प्राकृतिक उत्पादनहरुको स्टलहरु रहनेछन । यस सम्बन्धमा नेपाल भित्र विभिन्न स्थानका अर्गानिक उत्पादक व्यवसायीहरुसंग समन्वय गरिएको छ । मेलाको गतिबिधि आम सञ्चार माध्यममा प्रकाशन प्रसारण गराउन सजिलो होस भन्ने उद्धेश्यले मेला अवधिभर मिडिया कर्नरको समेत ब्यवस्थापन गरिनेछ ।
मेलामा रहने उत्पादन तथा वस्तुहरु
प्रस्तावित मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गगारिक मल, च्याउ, डेरी उत्पादन, हर्वल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापर लगायतका अन्य उत्पादनहरु, फलफुल, विउ विजन, मह, तेल, राडी, पाखी लगायत अन्य कृषि उपजहरु तथा कृषि तथा बाणिज्य, व्यापार सम्बन्धी प्रोजेक्टहरु सम्बन्धमा जानकारी, सुचना समेत प्रवाह गरिनेछ ।
मेलाको खर्च अनुमानित कारोवार
मेलामा ५० भन्दा बढी स्टलहरु हुनेछन । यो मेलाको खर्च ३० लाख अनुमान गरिएको छ । र मेलामा एक करोडको करोबार हुने अपेक्षा लिइएको छ ।
मेला संन्चालन खर्च
मेला सञ्चालन गर्नका लागी नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रबर्दन केन्द्रको सहयोग रहेको छ । साथै स्टल बिक्रिबाट उठने रकम बाट मेला संचालन गरीने छ ।
सम्पर्क व्यक्ति : शान्ता बाँस्कोटा कोईराला, मेला संयोजक, चौथो प्राङ्गारिक कृषि मेला अर्गानिक एशोसिएशन अफ नेपाल सम्पर्क नं : ९८५१०८२८२८