Logo

काँग्रेसका अससन्तुष्ट पक्षको बैठक आज



काठमाडौैं, माघ १३ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबाट असन्तुष्ट पक्षको बैठक आज बस्ने भएको छ । उक्त पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू आजको बैठकमा सहभागी हुने भएका छन्।

पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेलले बहिष्कार गरेका थिए ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा सहमति खाका तयार भएपछि त्यसलाई लिपिबद्ध गर्न महामन्त्रीद्वय डाशशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखक दुई दिनयता व्यस्त रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot