Logo

एनसेलको आधा दर्जन टावरमा आगजनी



काठमाडौं, माघ १३ । मकवानपुरका तीन स्थानमा रहेको एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी भएको छ । सोमबार विहान बिहान भीमफेदी गाउँपालिका–६, देउरालीमा, मनहरी गाउँपालिका–५, डिल्लीपुर र हेटौंडा–१५ स्थित रातोमाटेमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब २ बजेको समयमा आगजनी भएको प्रहरीको अनुमान छ । आगलागीबाट सबै टावरमा सामान्य क्षति पुगेको र पूर्ण विवरण आउँन बाँकि रहेको पनि प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

घटनामा विप्लव समूहको सलग्नता रहेको प्रहरीको आशंका छ।त्यस्तै, सोमबार बिहान दोलखा सदरमुकाम चरिकोटमा रहेको एनसेल टावर र सिन्धुलीको मरिन गाउँपालिका–७ जयमंगलमा रहेको टावरमा पनि आगजनी भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot