Logo

वर्षा र हिमपातको सम्भावना



काठमाडौं, माघ १४ । देशको पश्चिम भेगबाट न्यून चापीय प्रणाली भित्रिएसंगै देशभरको मौसममा बदलि आएको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले आगामी ३ दिन वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

आज रातीसम्म उच्च हिमाली भेगमा हिमपात र पहाडी र पश्चिमी तराईका केहि भेगमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।आज दिनभर काठमाडौं उपत्यका लगायतका क्षेत्रमा भने घाम र बादलको जारी रहने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot