‘प्रतिकुल विद्येयकहरु पास गर्न दिनुहुँदैन्’
काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो पार्टीको तर्फबाट पूरापुर सहयोग रहने स्पष्ट पारेका छन् ।
मंगलबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखलाई शुभकामना दिन विपक्षी दलको नेताको तर्फबाट सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘रस्साकस्सीको बावजुद, मुस्किल मुस्किलले सभामुखमा चयन हुनुभएकोमा सभामुखज्यूलाई हादिृक बधाई ज्ञापन गर्न चाहन्छु । तपाईको सफल कार्यकालको लागि पूरापूर सहयोग हुनेछ । सभामुखमा हामीले उम्मेद्धवार उठाएनौं । पहिलेपनि उठाएका थिएनौं । सभामुख पद तटस्थ पद हो । दमननाथ ढुंगानाले सदन विपक्षीको हो भनेर सम्झाउनुभएको छ । यो कुरा तपाईले ध्यान दिनुहोस् । तटस्थ, निश्पक्ष हो । सत्तापक्षको आलोचना गर्ने दायित्व विपक्षीको हो ।’
सभापति देउवाले सरकारले ल्याउन खोजेको केही विद्येयकहरु प्रतिकुल रहेको बताउँदै ती विद्येयकहरु ल्याउन नहुने जिकिर गरे । उनले भने,‘हाम्रो यसमा पहिल्यैदेखि विरोध छन् । बिना प्रेस स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र र प्रजातन्त्र सफल हुँदैन् । प्रेसमाथि नियन्त्रण भयो भने प्रजातन्त्रमा असर पर्छ । प्रतिकुल विद्येयकहरु ल्याउनुहुँदैन् । मानवअधिकार, नागरिक सुरक्षा । व्यक्तिगत स्वतन्त्रताजस्ता कुराहरु, कहिल्यै नभएका कुरा नेपालमा आउन थालेका छन् । मैले सम्झाएको हो । पास गर्न दिनुहुँदैन। पास गर्न दिनुहुँदैन् । विपक्षीलाई विश्वासमा लिनुपर्छ ।’
उनले चिनियाँ कोरोना भाईरसको संक्रमण देखा परेको बताउँदै यसबारेमा शर्तकता अपनाउनुपर्नेमा जोडठ दिए । उनले भने,‘कोरोना भाईरस नेपालमा छिरिसकेको छ भन्ने कुरा । २४ घण्टे हेल्प डेस्क राख्नुपर्छ । मैले यो अवस्था देखेको छु ।’
सम्बोधनको क्रममा देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल पास हुनुपर्ने माग गरेका छन् । उनले अमेरिकाले पनि सैन्य गठबन्धन नरहेको र चीनले पनि पास गर्नुपर्छ भनेको अवस्थामा एमसीसी रोक्न नहुने जिकिर गरे । उनले भने,’एमसीसी म प्रधानमन्त्री भएको बेला क्याबिनेटबाट पास गरिएको हो, अमेरिकाले पनि सैन्य गठबन्धन होइन भनेर भनिसकेको छ, चिनियाँ एम्बास्डरले पनी आपत्ति छैन भनेको छ, अब के आपत्ति भयो ?’ सभापति देउवाले अमेरिकाले दिएको अहिलेसम्मकै ठूलो सहयोग एमसीसी रहेको बताए । देउवाले भने,’नेपाललाई ठूलो सहयोग मिलेको छ, यति ठूलो सहयोग यो भन्दा पहिला आएको थिएन ।’
देउवाले ठूलो धक्का आउँदै छ भनेर प्रधानमन्त्रीले के भन्न खोजेको हो प्रष्ट गर्न आग्रह गरे । नेता देउवाले कसले के धक्का दिन खाजेको हो ? कस्तो धक्का भन्न खोजेको ? त्यस्तो धक्का दिने कसको हिम्मत ? भन्दै प्रश्न गरेका हुन् ।