Logo

सिद्धबाबामा सुरुङलाई १० अर्ब



काठमाडौ , माघ १३ । चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसार अर्थमन्त्रालयले सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब रुपैयाँ दिएको छ । प्रदेश ५ मा पर्ने सिद्धबाबाा सुरुङ बनाउन सडक विभागले अघि बढाएको प्रस्तावमा अर्थले १० अर्ब रुपैयाँ दिने सुनिश्चता गरेको हो । यो खण्डमा माथीबाट वषैभरी ढुगां खसेर दुर्घटना हुने गरेको छ ।

‘सिद्धबाबामा एक हजार एक सय मिटर सुरुङ बनाउन अर्थले खचृको सुनिश्चितता गरेका छ ।’ विभागका उपमहानिर्देशक शिवहरी सापकोटाले बताए । अत्यधिक रुपमा ढुगां झर्ने र पहिरो जाने खण्डको रुपमा चिनिने सिद्धबाबा लामो समय देखि सुरुङ निर्माण गर्नुपर्ने माग हदै आएको थियो । यही माग अनसार सरकारले चलु वर्षमा यो कार्यक्रम राखेको थियो ।

पटक पटक पहिरोे जाने भएकोले बुटवलदेखि पाल्पा र पाल्पाबबाट बुटवल आवातजावत गर्नेलाई समस्या हुदै आएको थियो । बर्षेनी दर्जनौ व्यक्तिले ज्यान गुमाउदै आउका छन् । यही माग अनुसार सरकारले चालु वर्षमा यो कार्यक्रम राखेको थियो ।

चालु बजेटमा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माण सुरु गर्न र टोखा–छहरे–गुर्जेभञ्याङ, खुर्कोट–चियाबारी , बिपिनगर–खुटीया–दिपायल खण्ड , गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर –उत्तरी सडकमा सुरुङ मार्ग निर्माणको विस्र्तत संम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्यअगाडी बढाउने उल्लेख छ ।

देशमा सिचाई आयोजना तर्फ भने भेरी–बबई डाइभर्सन बहुउद्देयीय आयोजनाका सुरुङ खनिने भएका े छ । उक्त आयोजनामा सुरुङ खन्न टनेल बोङि मेसिन प्रयोग गरिएका कारण लक्ष्य भन्दा एक वर्ष अघि नै निर्धारित काम सकिसकेको थियो । विकास निर्माणका रुपमा सरुङ निर्माण गरिनुपर्ने आवाज उठाउदै आएपनि नेपालमा सुरुङ निर्माणका लागी काम खासै हुन सकेको थिएन । पछिल्लो समयमा भने सुरुङ निर्माणका लागी आयोजना अघि बढाइएको विभागले जनाएको छ । सिद्धबाबा बाहेक नागढुंगा–नौबिसे र काठमाडौ –तराई–मधेस द्रुतमार्ग मा पनि सुरुङ मार्ग निर्माणको काम हुदैछ । विभागका अनुसार बिद्धबाबामा सुरुङ निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

‘अर्थले सुनिश्चितता गरेको रकमबाट एक हजार एक सय मिटर सुरुङ निर्माण हुनेछ ।’ विभागकाउपनिर्देशक सापकोटाले भने । सोही खण्डमा सुरुङ खन्न ड्रिलिङ र ब्लास्टिक प्रव्रियोग गरिनेछ । नागढुंगामा पनि सुरुङ निर्माणका का खासै हुन सकेका छैनन् ।

विकासको आयोजनामा टिबिएब जस्ता अत्याधुनिक उपकरण प्रयोग गर्नुपर्ने माग हुनै आएपनि अझैत्यस्ता मेसिनको. भने प्रयोग हुन सकेको छैन । ड्रिलिङ र ब्लास्टिक प्रविधि सामान्य श्रमिक प्रयोग गरी सुरुङ खन्ने भन्दा उपल्लो स्तरको भएपनि टिबिएस जस्तो उपकरण्ले गर्ने काम जस्तो अत्यधुनिक उपकारणले नगर्ने बताइन्छ ।

टिबिएस प्रयोग गर्दा कामले निकै गति लिने प्राविधिक बताउँछन् । सापकोटाको अनुसार सिद्धबाबामा सुरुङ मार्ग खन्ने काम करिव तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केही दिनमा विडिङको प्रक्रिया पुरा गरी चालु आर्थीक वर्षभित्र सिद्धबाबामा सुरुङ खन्नका लागी ठेकेदार मोबिलाइज्ड गर्ने तयारी गरिएको छ ।-नागरीक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्