काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा सफलताको शुभकामना दिएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘सभामुखज्यूको कार्यकाल सफल रहोस्। हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा सफलता मिलोस्। दल, सरकार र मेरो तर्फबाट बधाई तथा शुभकामना भन्न चाहन्छु, ।’
उनले सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको बताए। संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्या्दित ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने पनि प्रधानमन्त्रीले विश्वास गरेका छन्। सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनको विश्वास छ ।
सम्बोधनको क्रममा प्रधानमन्त्रीले ओलीले आजको दुनियाँ तिव्र गतिमा अघि बढिरहेको रहेको सुनाउँदै नेपालले पनि विकासको सम्बन्धमा र पूर्वाधारको सम्बन्धमा तिव्र गतिमा काम गर्नुपर्ने बताए । उनले भने,‘अरु विभिन्न हिसाबाले दुनियाँ तिव्र गतिमा अघि बढेको छ । हामीले यो तिव्र गतिलाई पक्रन सकेनौं भने समयले हामीलाई पर्खदैन् । हामीले प्रणालीअनुकुलको संविधान बनायौं । संविधानअनुकुलका कानून बनाएर कार्यान्वयनमा गएका छौं । यी कुरामा सरकार प्रतिबद्ध छ ।’
आफूहरु यतिवेला स–साना कुराहरुमा अल्झिन नहुनेतर्फ पनि ध्यानाकार्षण गराए । उनले भने,‘आग्रह र पूर्वाग्रहमा अल्झिने र अनावश्यक बहसमा अल्झिनुहुँदैन् ।’ केही दिनपछि आफूले आजको राजनीतिक अवस्था, विभिन्न चर्चामा रहेका समसामयिक सान्दर्भिकि विषयहरुमा कुरा राख्ने प्रधानमन्त्रीको भनाई छ ।
उनले अघि थपे,‘हामीले गर्नुपर्ने नगरी नगर्नुपर्ने काम आदिको बारेमा छुट्टै आफ्ना विचारहरु समय लिएर राख्नेछु । तर, हामी अलिकति विलम्ब भयौं । अब हामीले विलम्ब गर्नुहुँदैन् । हाम्रा कामहरुलाई संसदले, हरेक ठाउँबाट पनि तिव्र गतिमा अघि बढाउनुपर्छ ।’ संसदको अहिले अधिवेशनमा अलिकति समय खेर गएको भएपनि अब खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘हामीले गर्नुपर्ने कामहरु अगाडि बढाउन सफल हुनेछौं । सभामुख महोदयको सफल नेतृत्वको कामना गर्छु ।’