Logo

पु०य गौतमको टिप्पणी : ‘एमसिसी मोन्स्टरको रुपमा नेपाल भित्रियो’ (भिडियोसहित)



काठमाडौं, १४ माघ । सामाजिक अभियन्ता तथा युवा राजनीतिक विश्लेषक पि.एच.डी स्कलर पु०य गौतमले एमसिसी परियोजना संसदबाट पारित गर्न नहुने स्पष्ट पारेका छन् । उनले एमसिसी नेपालको हितमा नभएको जिकिर गर्दै संसदबाट कुनैपनि हालतमा पारित गर्न नहुने जिकिर गरेका हुन् ।

मंगलबार पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले रिपोर्टर्स क्लब नेपालमा एमसिसीका फाईदा र बेफाईदाबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा वक्ताको रुपमा बोल्दै गौतमले यस्तो टिप्पणी गरेका हुन् । उनले एमसिसीलाई ‘मोन्स्टर’ को संज्ञा दिए । ‘एमसिसीको कम्प्याक्ट सम्झौतामा यो परियोजनाको लेखा परीक्षण अमेरिकाले मात्रै गर्ने कुरा उल्लेख गरिएको छ, जुन सर्वथा गलत हो।’–गौतमले टिप्पणी गरे ।

एमसिसीमा अमेरिकाको मात्रै लगानी नभएर नेपालको पनि १६ अर्ब लगानी हुने कुरा सम्झौतामा उल्लेख गरिएको सुनाउँदै सहयोग नै गर्न चाहेको हो भने अमेरिकाले मात्रै ५६ अर्ब लगानी गर्नुपर्ने उनको माग छ । एमसिसी अहिलेसम्म भारतमा लागु नभएको सुनाउँदै नेपालमा चाहीँ उक्त परियोजना लागु गर्न किन हतार गरिएको भन्दै उनले प्रश्नसमेत तेर्साए ।



प्रतिक्रिया दिनुहोस्