काठमाडौँ, १५ माघ । छिमेकी चीनको उहानमा सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि सरकारले गृहकार्य तीव्र पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको हो ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् । अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ ।’’
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सीधै विमानस्थलबाट अस्पताल पु¥याइने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उनले विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखिए एम्बुलेन्समार्फत अस्पताल पु¥याउने व्यवस्था गरेको बताएका छन् । उनले बताए । “विमानस्थलमा थप स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्वास्थ्य परीक्षण समेत सुरु गरिएको छ ।”
उनले नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिएका छन् । चारजनाको परीक्षण गरिएकोमा तीनजनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । प्रवक्ता श्रेष्ठले बताएका छन् । “अन्यत्र नफैलियोस् भनेर गम्भीरताका साथ काम गरिरहेका छौँ ।” चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्नसमेत थालिएको जानकारी दिएका छन् । यसअघि नेपालमा आवश्यक केमिकल नहुँदा कोरोना भाइरसको आशङ्कामा परीक्षण गर्न हङ्कङ पठाइएको थियो । हङ्कङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो ।
गोरखापत्र दैनिकबाट