काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले युगान्तकारी काम गरिरहेको स्पष्ट पारेका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले सरकारले केही पनि काम गरेन भनेर भएको प्रचार सही नभएको जिकिर गरे । उनले सरकारले गरेका कामकारबाहीको प्रचार नभएको टिप्पणी गरे । त्यस्तै, उनले हिजो नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिँदै संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको स्पष्ट पारे ।
उनले भने,‘मैले कोरोना भाइरसको कुरालाई धक्का भनेको थिएँ, के को धक्का कहाँको धक्का भन्ने कुरा भयो, कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेल्लै कुरा हो।’