Logo

सचिव र सहसचिवको बढुवाका लागि दौडधुप



काठमाडौं, १५ माघ । नेपाल सरकारका आधा दर्जन सचिवहरु केही दिनबाट सेवा निवृत्त हुँदैछन् । त्यसपछि रिक्त हुने सचिव पदमा बाजी मार्न दर्जनौ वरिष्ठ सहसचिवहरु खुट्टा उचाल्न थालेका छन् । अबको केही दिनबाट गृहलगायतका सम्पूर्ण मन्त्रालयमा समेत सचिव रिक्त हुने भएपछि सो जिम्मेवारी सम्हाल्न अहिल्यैबाट सचिवहरुबीच नै हानथाप परिरहेको छ । माघ २२ मा गृहसचिव हुन सचिवहरुको चर्को दौड सुरु भएको छ ।

मन्त्रालय अन्र्तगतको शान्ति सुरक्षा महाशाखामार्फत देशैभरीका प्रहरी, सशस्त्र प्रहरी बल र सीडीओहरुको सरुवा बढुवा तथा खटनपटन गर्ने पद भएकाले सो जिम्मेवारी लाई अत्यन्तै आर्कषक मानिन्छ । गृह मन्त्रालयको सचिवका लागि अख्तियारका सचिव महेश्वर न्यौपाने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका यादव कोइराला, संस्कृती, पर्यटन तथा नागरीक उड्डयनका केदार बहादुुर अधिकारी, काठमाडौ महानगरपालिकको प्रमुख प्रशासकिय अधिकृत केदा न्यौपानेलगायत लागिपरेका छन् ।

यसैगरी १ नम्बर प्रदेशका लागि प्रमुख सुरेश अधिकारी र २ नम्बर प्रदेशका लागि प्रमुख रामकृष्ण सुवेदी पनि गृहसचिवको दाबीमा छन् । सुवेदी महासचिव हुँदा गृहकै शान्ति सुरक्षा महाशाखामा प्रमुख र प्रवक्ता तथा त्यसअघि काठमाडौका सिडिओ थिए ।

गृहसचिव राईसंगै अर्थसचिव राजन खनाल, उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य र नेपाल ट्रष्टका गजेन्द्र ठाकुर पनि अवकाश हुदै छन् । अवकाश हुने भएपछि रिक्त पदमा बढुवा हुने दाउमा कलकत्ताका महावाणिज्यदुत एकनारायण अर्याल, रामशरण पुडासैनी, गृह प्रवक्ता केदारनाथ शर्मा लगायत छन् । गृहसचिवमा प्रायः सचिवहरु प्रमुख जिल्ला अधिकारीको अनुभव भएकालाई लाने गरिएको छ । हालका सचिवहरु मध्येमा अख्तियारको न्यौपाने , पर्यटनका अधिकारी, संघीय मामलाका कोइराला, १ नम्वर प्रदेशका सुरेश अधिकारी, २ नम्बरका सुवेदी, काठमाडौ महानगरपालिकाको न्यौपानेसँग गृह प्रशासनको अनुभव छ । त्यसो त केही महिना अघि मात्र निजामती सेवामा रहेका ३७ जना उपसचिव सहसचिवमा बढुवा सिफारीस थिए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठता र कार्यासम्पमदन मूल्यांकनका आधारमा उपसचिवहरुको नाम सिफारिस गरेको हो । बढुवा हुनेहरुमा पहिलो नम्वरमा उपेन्द्र कुमार खनाल रहेका छन् । –बुधवार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्