माघ १५, काठमाण्डौ । रामेछाप खाँडादेवी गाउँपालिकाका दुई नेपाल कम्युनिस्ट पार्टीका दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा भित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका राम कुमार कार्कीको नेतृत्वमा नेताहरु रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
कांग्रेस सभापति शेर ब. देउवाको निवासमा आज आयोजित प्रवेश कार्यक्रमबाट उनिहरुले कम्युनिष्ट पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए । रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबिच नवागंतुकहरु लाई केन्द्रिय सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए । साथै देउवाले नव प्रवेशिलाई पनि पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने आश्वासन दिए ।
नव आगन्तुकका तर्फबाट मन्तव्य राख्दै रामकुमार कार्किले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा कम्युनिष्ट नेताहरु खोक्रो आडम्बरीमा टिकेका भन्दै वर्तमान कम्युनिष्ट सरकारले जनतामाथी चरम शोषण गरी सिङ्गो देशलाई नै भ्रममा राखेको आरोप लगाए ।
कांग्रेस प्रवेश कार्यक्रम :
तस्विर : सुशील भट्ट