काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको परिणमसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको हो ।
गोरखापत्र दैनिकबाट