Logo

विदेशी कम्पनीलाई साढे पाँच अर्ब लैजान स्वीकृति



काठमाडौं, माघ १६ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन् ।

यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा, ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान अनुमति दिएको उद्योग विभागले जनाएको छ ।

विभागले विदेशी लगानी तथा प्र्रविधि हस्तान्तरण शाखाका निर्देशक उदयकुमार गुप्ताका अनुसार विभागले यो वर्ष करिब पाँच अर्ब ५० करोड रुपैयाँको अनुमति दिएको छ । कम्पनीले गत वर्षको मुनाफा लैजान लागेका हुन् ।

विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लगानीकर्ताको सजिलोको लागि पहिलोपटक उद्योग अन्तर्गतको एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिएको विभागले जनाएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot