Logo

मापदण्डविपरीत उत्खनन रोक्न प्रहरी परिचालन



बारा, माघ १६ । खोलानदीबाट नदीजन्य पदार्थ ठेक्का सकार गरेका ठेकेदारले मापदण्डविपरीत उत्खनन गरिरहेको भन्दै चारैतिरबाट विरोध भएपछि बुधबारदेखि प्रहरी परिचालन गरिएको छ।

जितपुरसिमरा उपमहानगरपालिकाले बालगंगा, दुधौरा र पसाह, कोल्हवी र निजगढ नगरपालिकास्थित लालबकैया खोलामा भइरहेको मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताए।

तीनवटै स्थानीय तहको अधिकार क्षेत्रमा रहेका खोलाबाट ठेकेदार वा नगरपालिकाका कर्मचारीले नदीजन्य पदार्थलाई मापदण्डविपरीत उत्खनन गरेर बिक्री गर्दै आएको नदीजन्य पदार्थ उत्खननसम्बन्धी जिल्ला अनुगमन समितिले जनाएको छ।

मापदण्डविपरीत उत्खननले खोला क्षेत्रका वन र बस्ती जोखिममा पर्नुका साथै र नदीहरूले धारसमेत परिवर्तन गर्ने डर भएपछि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहेको नदीजन्य पदार्थ उत्खननसम्बन्धी जिल्ला अनुगमन समितिले त्यसलाई तत्कालका लागि रोक्का राख्ने सोमबार निर्णय गरेको थियो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot