दमौली, १६ माघ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको शहीद स्मारकमा आज माल्यार्पण गरेका छन् । शहीद दिवसका अवसरमा बन्दीपुरका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनले शहीद स्मारक बाटिकामा रहेको शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।
सो क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शहीदको योगदानलाई भुल्न नहुने बताए । उनले नेपालको विभिन्न आन्दोलनका क्रममा शहीदले पु¥याएको योगदानले नै नेपाल आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै शहीदको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिए ।
सोही अवसरमा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पनि शहीद स्मारकमा माल्यार्पण गरेका थिए। शहीद स्मारकमा विसं २००७ का क्रान्तिमा राणाको गोलीबाट मारिएका छ शहीदको शालिक निर्माण गरिएको छ ।File Photo