Logo

धुर्मुस नायक र सुन्तली नायिका बनेको चलचित्र (ट्रेलरसहित)



काठमाडौं, १६ माघ । धुर्मुस अर्थात सीताराम कट्टेल र कुञ्जना घिमिरे, अर्थात् मेरी बास्सै टेलिसिरियलकी सुन्तली । दुवैजना नायक नायिका बनेर चलचित्र निर्माण गरेका छन् । धुर्मुसकी जोडी सुन्तली नायिका भएको चलचित्र सेन्टी भाइरस ९ फागुनबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्र ‘सेन्टी भाइरस’ बाट सुन्तली पहिलो पटक सिल्भर स्क्रिनमा देखिँदैछिन् । बाल्यकालदेखि नायिका बन्ने सपना देखेपनि उनी टेलिसिरियलमा सिमित भइन् । अब भने उनको सपना साकार भएको छ । सेन्टी भाइरसमा सुन्तली धुर्मुसकी जोडीकै रुपमा देखिएकी छिन् । धुर्मुस फिल्मका नायक हुन् ।

‘फिल्मको ट्रेलर पनि सार्वजनिक भइसकेको छ । फिल्मले राजनीतिक विषयवस्तु र पारिवारिक कलहलाई देखाएको छ । रामबाबु गुरुङको निर्देशनमा फिल्म बनेको हो ।

File Photo



प्रतिक्रिया दिनुहोस्