ललितपुर, १६ माघ । हेल्थक्लबमा रहेको साउनमा निसास्सिएर एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहका अनुसार जिमखानाको लापरबाही हुनसक्ने भएकाले घटनाको अनुसन्धान भइरहेको छ । मृत्यु हुने हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् ।
प्रहरीका अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि खोजखबर हुँदा उनीहरू भित्रै बेहोस भेटिएका थिए ।
अचेत अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएको थियो । त्यतीबेलासम्म उनीहरुको मृत्यु भइसकेको थियो । प्रहरीे जिम सञ्चालकमाथि सोधपुछ थालेको छ ।