Logo

एउटै खोलामा दसवटा जलविद्युत आयोजना



इलाम, १६ माघ । एउटा खोलामा कति वटा जलविद्युत आयोजना निर्माण हुन स्क्छन् । जो कोहिलाई पनि सलिै पत्ता लगाउन सक्छन । तर इलामको एउटै मात्र माई खोलामा दसवटा जलविद्युत आयोजना संचालन हुने भएका छन् । यस खोलामा सात वटाले त काम सम्पन्न गरी उत्पादन नै संचालन गरिसकेका छन् । बाँकी तीनवटा आयोजना पनि एक वर्ष भित्र सम्पन्न हुने गरी धमाधम निर्माणको काम हुँदैछ ।

पछिल्लो पटक इलाममा नगपालिका र सोयाङबीच पर्ने बीसहातेमा माइखोलामा हाइड्रो पावरको तीन मेगावाट सुपर माई क्यासकेट र ९ दशमलब ८ मेगावाट माइबेनी हाइड्रो पावरको निर्माण भएको छ । यस्तै सुम्बेक प्याङबिच पर्ने सोमबारे बेँसी छेउमा पनि ९ दशमलब ६ मेगावाटको सगरमाथा जलविद्यु्त आयोजना सुपरमाई– ए हाइड्रो पावरको काम भइरहेको छ ।

यसअघि माइखोलामा सलुबुङमाइझुवा–माबु बीचमा १२ मेगावाटको क्यासकेट सञ्चालनमा मा छन् र दुभाङबेसीमा ७ दशमलब ८ मेगावाटको सुपरमाईले गत वर्षबाट उत्पादन शु्रु गरेको छ । माईखोलाकोकै राजदुवाली नजिक हिमाल दोलखा जलविद्युत आयोजना ७ दशमलब ५ मेगगवाट र चिसापानीमा २२ मेगावाटको समानिमा माई हाइड्रो पावर तथा त्यसको आठ मेगावाटको क्यासकेट सञ्चालनमा छन् ।

राजदुवाली माथी मेची राजमार्गको सिलपुरबाट माइबेनी शिवालय हुँँदै निर्माणधिन माइबेनी हाइड्रो पावरबाट खोलैखोला कच्ची सडकसमेत विस्तार भएको छ । यहाबाट सुरु भएको मोटेरेवेल सडक अपरमाई हाइड्रो भएर जिल्लाको उत्तरी क्षेत्र जमुनासम्म जोडिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot