१६ माघ । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन् । यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा , ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान अनुमती दिएको उद्योग विभागले जनाएको छ ।
विभागको विदेशी लगानी शाखाका निर्देशक उदयकुमार गुप्ताका अनुसार विभागले यो वर्ष करिब पाँच अर्ब ५० करोड रुपैयाँको अनुमति दिएको छ । कम्पनिले गत वर्षको मुनाफा लैजान लागेका छन् ।
विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बंैकको सवीकृत लिनुपर्नेमा लगानीकर्ताको सजीलोको लागी पहिलो पटक अन्र्तगत एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिएके विभागले जनाएको छ । ‘विगतमा मुुनाफा लैजान विदेशी लगानी कर्ताले राष्ट्र बैकबाट अनसमति लिनुप¥थ्यो ’। गुप्ताले भने ‘अहिले विभागबाटै अनुमती दिएका छौ । ’
सबैभन्दा धेरै मुनाफा लैजान सुर्य नेपालका लगानीकर्ताले अनुमती पाएका छन् । उनीहरुले चार अर्ब रुपैयाँ लाभांश पाएको गुप्ताले बताए । सुर्य नेपाल सहित बर्जर पेन्ट , हुलास स्टिल र एसआरएल डाइग्नोस्टिक लगायत २० कम्पनीले रकम लाँदैछन् । केही कम्पनी अनुमतीकोलागी आवेदन दिएका छन् ।
स्वदेशी तथा विदेशी लगानीकर्ताले उद्योग दर्ता देखि मुनाफा लैजानसम्म विभिन्न निकायमा धाउनुपर्ने झन्झनट हटायन सरकारले एकल बिन्द्ु सेवा केन्द्र गरेपछि सेवा दिने सुरु गरेकोे हो । केन्द्रमा नेपाल बैंकका प्रतिनिधि पनि छन् । एक लाख डलर माथीको लागी पनि विभागले राष्ट्र बंैकसग समन्वय गरेर स्वीकृति दिने व्यवस्था मिलाएको छ ।अब लगानीकर्ता राष्ट्रबैक जानु पर्दैन । लाभांश लैजाने स्वीकृत दिए पनि डलर साट्ने अनुमतीकालागी भने राष्ट्र बैक जानुपर्छ । डलर साट्न सुविधाको लागी अनुमति पनि केन्द्रबाटै दिनुपर्ने उपयुक्त हुने विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताउँछन् । डलर सतही सुविधाको अनुमतीका लागी पनि पहल भइरहेको विभागले जनाएको छ ।कम्पनीले प्रचलित कानुन बमोजीम तथा सम्झौताका सर्त र दायित्व पुरा गरेको पाइएकोमा विदेशी लगानी स्वीकृति गर्ने निकायले निवेदन प्राप्त भएको १५ दिनभित्र विदेशी लगानी फिर्ता लैजाने स्वीकृति दिनुपर्छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको व्यवस्था अनुसार विभागले अहिले स्वीकृति दिएको हो । स्वदेशी उद्योगी तथा लगानीकर्तालार्य दिने सेवा झन्झटीलो भएको गुनासो आइपछि सरकारले गत जेठमा विभागअन्र्तगत ‘एकल बिन्दु सेवा केन्द्र ’ स्थापना गरेको थियो । उद्योग सञ्चालन अनसमतीका लागी विभिन्न निकायमा धाउनु पर्दा विदेशी लगानीकर्ता आर्कषित हुन नसकेको बताइएको बेला विदेशी लगानी स्वीकृति तथा मुनाफा लैजान दिने सम्बन्धि काम गर्ने अधिकार केन्द्रमा छ ।
यता नेपालमा लगानी गर्न चाहाने विदेशीि लगानीकर्ताले पाँच करोड रुपैयाँ भन्दा माथीका परियोजनामा मात्र लगानी गर्न दिने सरकारले तयारी गरेको छ ।पाँच करोड रुपैयाँ तलका परियोजनामा स्वदेसी लगानीकर्ता नै लगानी गर्न सक्षम रहेको भन्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले विदेशी लगानीको सीमा १० गुणा बढाएर न्युनतम पाँच करोड रुपैयाँ प¥याउन लागेको हो ।कान्तिपुरबाट