काठमाडौं, १६ माघ । काठमाडौंको राष्ट्रियसभा गृहमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आजबाट समूहगत छलफल सुरु भएको छ । विभिन्न १५ समूह बनाईएको छ । प्रत्येक समूहमा एक दर्जनभन्दा बढि नेताहरु सहभागी छन् ।
बुधबारदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आज समूहगत छलफल शुरु भएको छहो । विभिन्न १५ समूहमा विभाजित समूह काठमाडौँको राष्ट्रियसभागृह, धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा छलफलमा व्यस्त छन् ।
बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय सवाल, मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० को अनुमोदन, सीमा विवादलगायत विषय मुख्य सवाल छन् । राष्ट्रियसभा गृहको समुहमा सहभागी केन्द्रीय सदस्यहरुले एमसिसीलाई जस्ताको त्यस्तै पास नगरी राष्ट्रिय हितका लागि मात्रै पास गर्नुपर्ने धारणा राखेका छन् ।
प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलाले नेकपाका केन्द्रीय सदस्यहरुसँग विशेष कुराकानी गरेका छन् ।
हेर्नुहोस भिडियो :