Logo

शर्माको फाइल अख्तियारबाट गायब



काठमाडौँ, १७ माघ । सर्वोच्च अदालतबाटै भ्रष्टाचारी ठहर नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘गायब’ भएको खुलेको छ ।

अख्तियारले पटकपटक ‘मिसिल नभेटिएको’ जवाफ लेखेपछि सर्वोच्चले १५ दिनभित्र मिसिलसहित उपस्थित हुन अख्तियारका सचिवको नाममा आदेश दिएको छ । सर्वोच्चले कारबाहीको चेतावनी दिँदै अख्तियारका सचिव महेश्वर न्यौपानेलाई अभिलेख खोजेर फाइलसहित १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।

यसअघि गत जेठमा पनि विशेष अदालतबाट भ्रष्टाचारी ठहर पूर्वमन्त्री गोविन्दराज जोशीको फाइल नभेटिएपछि सर्वोच्चले यस्तै आदेश दिएको थियो । अहिले पनि सर्वोच्चमा विचाराधीन उक्त मुद्दाको फाइल भेटिएको छैन ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्