Logo

विश्वभर स्वास्थ्य आपतकाल



काठमाडौं, १७ माघ । कोरोना भाइरस विश्वभर फैलँदै गएपछि विश्वभर स्वास्थ्य आपतकाल घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनले आज विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आडानोम गेब्रियससले स्वास्थ्य आपतकाल चीनमा कोरोनाभाइरस फैलिएर नभई विश्वभरको अवस्थालाई दृष्टिगत गरी गरिएको जनाएका छन् । कमजोर स्वास्थ्य प्रणाली रहेका देशहरुमा कोरोना भाइरस फैलने खतरा भएकाले आपतकाल घोषणा गरिएको उनको भनाई छ ।

कोरोना भाइरस चीनको उआन क्षेत्रबाट फैलिएको हो । २०१९ को २० जनवरीमा देखापरेको कोरोना भाइरसका १० हजार विरामी देखिइसकेका छन् । २१३ जनाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार १८ देशमा कोरोना भाइरस देखिइसकेको छ । अधिकांश कोइरोना भाइरसका रोगी ५९ वर्ष माथिका छन् ।

चीनले कोरोना भाइरसविरुद्ध कार्य गर्न सक्ने भएपनि अल्पविकसित र विकासशील देशहरुका लागि कठिन हुने देखिएको डब्लुएचओले भनेको छ । यसअघि स्वाइन फ्लु, पोलियो, जिका र इबोला रोगको संक्रमण फैलँदा पनि डब्लुएचओले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । –Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्

Screenshot