Logo

कोरोना भाइरस: तयारी नहुँदा त्रास



पोखरा, माघ १६ । चिनियाँ पर्यटकको बाक्लो आउजाउ हुने पोखरामा नोवल कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना बढी भए पनि यहाँका अस्पतालले अहिलेसम्म कुनै तयारी थालेका छैनन्। पोखरामा त्यस्ता बिरामी भेटिइनसकेकाले तत्काल हतार गरिहाल्नुपर्ने जरुरी नरहेको अस्पताल सञ्चालक तथा सरोकारवालाहरूको भनाइ रहेको छ।

पोखरामा ठूला अस्पताल धेरै रहे पनि कोरोनाका बिरामीको उपचारका लागि सीमित अस्पतालले मात्र सामान्य पूर्वतयारी गरेका छन्। चिनियाँ पर्यटक पोखरा भित्रिने नाका, विमानस्थल र पर्यटकीय गतिविधि हुने लेकसाइडमा हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने योजना बने पनि सुरु भइसकेको छैन।

केही अस्पतालले कोरोनाका बिरामी आउन सक्ने भन्दै भिन्नै ठाउँमा सीमित शड्ढया व्यवस्थापन गरे पनि ठूला अस्पतालको अवस्था भने कमजोर छ। सबैभन्दा बढी समस्या यहाँका अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट उपलब्ध छैन। किट नभएकाले समस्या आए लक्षण हेरेका भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताएका छन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot