गोई विश्वकै खतरनाक जनावरको रुपमा प्रख्यात छ । एक गोईको घाँटीमा करिब तीन वर्र्षदेखि टायर अड्केको छ । यस टायरलाई गोईको घाँटीबाट हटाउने व्यक्तिलाई पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।
इन्डोनेसियोको एक प्रान्तमा सो घटाना भएको छ । उक्त टायर मोटरसाइकलको भएको जनाइएको छ । गोईको लम्बाई करिब १३ फिट रहेको छ । गोईको घाँटीमा सो टायर सन् २०१६ देखि अड्केको छ । सन् २०१८ मा इन्डोनेसियामा आएको सुनामी र भूकम्पबाट समेत गोई बचेको थियो तर, टायर भने यथावत घाँटीमा अहिलेसम्म अड्केको जनाइएको छ ।
गोईको घाँटीबाट टायर फुकाउन इन्डोनेसियाका सेन्ट्रल सुलावेसी प्राकृतिक संरक्षण कार्यलयले यस हप्ता प्रतिस्पर्धाको आयोजना गरेको छ । टायर हटाउने व्यक्तिलाई पुरस्कार प्रदान गरिनेछ । सन् २०१८ मा मुहम्मद पनजीले टायर फुकाउने प्रयास गरेका थिए । तर, सो प्रयास विफल भएको थियो ।