Logo

भीम रावललाई मत्थर पार्ने प्रयास



काठमाडौं, १७ माघ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटि सदस्य भीम रावललाई मत्थर पार्ने कोशिश भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई भेटेर एमसीसीको बारे मौन बसिदिन आग्रह गरेको जनाइएको छ । प्रधानमन्त्री केपी ओली शर्माको आग्रहमा दाहालले रावललाई बोलाएर त्यसबारे छलफल गरेका थिए । तर रावलले आफू प्रमाण विना नबोल्ने भएकोले यो विषयमा जहाँ र जस्तोसुकै ठाँउमा पनि धारण राख्न सक्ने बताएका थिए ।

स्रोतका अनुसनार केन्द्रिय कमिटिको बैठक सुरु हुनुअघि पार्टीका कामले अछाममा रहेका रावललाई पार्टी अध्यक्ष दाहाले निरन्तर फोन गरेर बोलाएका थिए । १४ गते साँझ काठमाडौ आउने तयारीमा रहेका रावल अध्यक्ष दाहालको फोनका कारण १२ गते नै साझँ नै काठमाडौ आएका थिए । काठमाडौ आएपछि सुरुमै उनले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपलसँग भेट गरे । त्यसपछि मात्र दाहालसँग भेट गरे । उनले केन्द्रिय कमिटिको बैठकमा एमसीसीलाईए छलफलको एजेन्डा बनाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

तर, १५ गतेको र्बैठकले अजेन्डामा एमसीसी नदेखेपछि हलबाट उठेर उनले एजेन्डा माग गरे । सोही अनुरुप अहिले केन्द्रिय कमिटीका बैठकमा एमसीसीमाथि बहस भएको छ ।-नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot