धनगढी, १६ माघ । सुदुरपश्चिम प्रदेशको तराईमा यस वर्ष हिउँदे वालीको उत्पादन करिब ३० प्रतिशतले घट्ने सम्भावना देखिएको छ । हिउँदमा भएको वर्षाले धेरै नोक्सान गरेपछि कैलाली, कञ्चनपुरमा हिउँदे बालीको उत्पादन घट्ने निश्चित भएको हो । दुवै जिल्लामा आलु, तोरी, मुसुरो, टमाटर,तरकारी र गँहुको नोक्सान भएको कृषि ज्ञान केन्द्र कञ्चनपु्रले जानकारी दिएको छ ।
सो कार्यालय अनुसार खेतमा गरिएको खेतीलाई हिउँदे वर्षाले धेरै असर गरेको छ । आलु, खुर्सानी र टमाटरमा करिब २० देखि २५ प्रतिशत।, मुसुरोमा करिव २० प्रतिशत, तोरमिा करिव २५ प्रतिशत र गहुँमा करिब १५ प्रतिशत नोक्सान भएको छ ।-गोरखापत्रबाट File Photo